कपडाको चप्पल बनाउने तालिम सम्पन्न

पाेखरा | असार १७, २०७९

कपडाको चप्पल बनाउने तालिम सम्पन्न सांकेतिक तस्बिर


पोखरा :      गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको कपडाको चप्पल बनाउने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा शिक्षालयको स्वीकृत पाठ्यक्रममा आधारित रहेर ६० घण्टाको उक्त तालिममा स्थानीय २० महिलाको सहभागिता  थियो ।

 

शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले  आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमको आवश्यता औँल्याउँदै शिक्षालयले बजारमा माग भएबमोजिमको दक्ष जनशक्ति र उत्पादनमा जोड दिन तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । 

 

उहाँका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा तीनमहिने मोटरसाइकल रिपेयरिङ तालिम, इसिडी सहजकर्ता तालिम, सिलाइकटाइ तालिम, स्थानीय बाजा बजाउने तालिम, प्लमबिङ तह एकका तालिम सञ्चालन भइरहेका छन् ।

 

तालिममा छनोट भएका सहभागीलाई कुनै शुल्क लाग्ने छैन भने तालिममा प्रयोग हुने सामग्री पूर्ण व्यवस्थापन गरिने छ । तीन सय ९० घण्टे तालिमका लागि भने सीप परीक्षण परीक्षा अनिवार्य गरिएको छ ।

 

पोखरा महानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपप्रमुखसँग महिला कार्यक्रम, पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, बुटिक एशोसिएशनलगायतका सङ्घ सस्थासँग समझदारी गरिएको कार्यक्रम व्यवस्थापक सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँले टोलसँग समन्वय गरेर तालिम प्रदान गरिएको हो ।

 

कार्यक्रममा पोखरा महानगरपालिका नगरसभा सदस्य तनुजा थापाले स्थानीयस्तरमा बनेका चप्पल उचित बजार व्यवस्थापनका लागि  पोखरा –१४ ले सहजीकरण गर्ने बताउनुभयो । तालिममा भवानी टोल महिला समूहका अध्यक्ष कल्पना कार्की, पोखरा महानगरपालिका नगरसभा सदस्य दिलकुमारी गुरुङ, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, शिक्षालय कर्मचारी अस्मिता खनाल र  सहभागीहरू जानुका केसी, लक्ष्मी रानाभाटलगायतले तालिमका बारेमा आफ्नो धारणा एवं अनुभव राख्नुभएको थियो ।

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्